रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् ।

रुकुम पश्चिममा अहिले चलिरहेको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका हुन् ।

शर्माको गृहजिल्ला रुकुम पश्चिममा आयोजित पार्टीको एकता सभालाई सम्बोधन गर्दै भिरबाट खस्नेलाई रामराम मात्रै भन्न सकिने भन्दै काँध थाप्न नसकिने बताए।

उनले भने, ‘गोपाल शर्मा यहाँको युवा नेता हुनुहुन्छ, उहाँ स्थापित भइसक्नुभयो। उहाँले भन्नुभयो, हिजो प्रभाकरले गल्ती गर्दा पनि छुट दिने उहाँ नै हो। तर धोका दिएपछि उहाँले पनि कति काँध थाप्न सक्नुहुन्थ्यो ।

‘अहिलेको चुनाव रुकुमबाटै लड्छु । म पूर्वी रुकुमबाट लड्ने छु,’ उनले भने, ‘पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्छुहोला ।’ उनलाई करिब आधा दर्जन जिल्लाले उम्मेदवार बन्ने सिफारिस गरेका थिए ।

यसअघि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्ड कहाँबाट उम्मेदवार हुने भन्ने सार्वजनिक भएको थिएन ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.