काठमाडौं । नेपाली कांग्रेसको पत्रकार सम्मेलन स्थगित भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरू उपस्थित भएर गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेका छन् ।
कांग्रेस नेता–कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभक्त भएर विवाद उत्कर्षमा पुगेका बेला खड्कासहित शीर्ष नेताहरूले पत्रकार सम्मेलन आयोजना गर्न खोजेका थिए ।
पत्रकार सम्मेलन आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा गर्ने भनिएको थियो । त्यहीअनुसार पार्टी कार्यालयका कर्मचारीले बिहानैदेखि कांग्रेस बिटका पत्रकारलाई खबर गरिरहेका थिए ।
तर, नेता डा. शेखर कोइरालाले पत्रकार सम्मेलनले विभाजनलाई बल पुर्याउने भन्दै यो अडान राख्ने नभई वार्ता र संवादबाट समाधान खोज्नुपर्ने बेला भएकोले नआउने बताएपछि पत्रकार सम्मेलन नै स्थगित गरिएको स्रोतले बतायो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस विभाजनको डिलमा छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै