प्रचण्ड र देउवालाई जाँचबुझ आयोगको पत्र



काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि पत्राचार गरेको छ ।

जेन–जी आन्दोलनमा भएको दमन र २४ गतेको विध्वंसबारे दुवै जना नेतासँग आयोगले लिखित रूपमा आफ्नो धारणा राखिदिन आग्रहसहित पत्र पठाएको हो।

दुवै जनाले आयोगबाट पठाइएको पत्र बुझेको आयोगस्रोतले बतायो। आयोगले दुवैजनासँग बयान नभई धारणा मात्रै मागेको जनाएको छ।

कांग्रेस सभापति देउवाले आफू नै २४ भदौको आगजनीबाट पीडित भएको, घर जलेर नष्ट भएका कारणले अन्यत्र बस्नु परेको, अनि जेनजी आन्दोलनका बेला आफू राज्यको कुनै भूमिकामा पनि नरहेको भन्दै त्यस्तो अवस्थामा किन बयान दिने ? भनी प्रश्न गरेका थिए ।

त्यसैगरी प्रचण्डले पनि जेनजी आन्दोलनका बेला आफू प्रमुख विपक्षी दलको नेताको भूमिकामा रहेको, त्यतिबेला सत्तामा रहेकाहरुमाथि खबरदारी गरिरहेको तर उल्टै आफ्नो घरमा आगजनी भएको अवस्थामा के आधारमा बयान दिने भनी प्रश्न गरेर पत्र बुझेका थिएनन् ।

तर आयोगको समन्वयमा खटिएका कर्मचारी र सुरक्षा अधिकारीहरूले बयान नभई सोधपुछ र धारणाका लागि पत्र पठाइएको स्पष्ट पारेका थिए ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.