ओलीलाई बयान दिन पत्र काट्दैछौँ, अध्यक्ष कार्की



काठमाण्डौ । भदौ २३ र २४ को घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउन पत्र काट्ने भएको छ।

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउन पत्र काट्ने तयारीमा रहेको बताएका छन्।

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष कार्कीले पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई बयानमा बोलाउने तयारी भइरहेको बताए।

‘उहाँ बयानमा बोलाउँदा पनि आउनुभएन भने के गर्नुहुन्छ ? भन्ने  जिज्ञासामा उनले भने, ‘आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ।’

उनले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएको समेत बताए।

तर ओलीले कार्की नेतृत्वको आयोगलाई अस्वीकार गर्दै बयान दिन नजाने बताउँदै आइरहेका छन्।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.