काठमाण्डौ । भदौ २३ र २४ को घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउन पत्र काट्ने भएको छ।
जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउन पत्र काट्ने तयारीमा रहेको बताएका छन्।
सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष कार्कीले पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई बयानमा बोलाउने तयारी भइरहेको बताए।
‘उहाँ बयानमा बोलाउँदा पनि आउनुभएन भने के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले भने, ‘आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ।’
उनले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएको समेत बताए।
तर ओलीले कार्की नेतृत्वको आयोगलाई अस्वीकार गर्दै बयान दिन नजाने बताउँदै आइरहेका छन्।



सम्वन्धित समाचार
प्रचण्ड र देउवालाई जाँचबुझ आयोगको पत्र
चुनावअघि नै संरचनागत सुधारका लागि राष्ट्रिय सहमति गरौँ – महामन्त्री थापा
कांग्रेस विशेष महाधिवेशन पक्षधरले गरे भृकुटीमण्डपको हल बुकिङ
सशस्त्र प्रहरीले चलाएको गोली लागेर सफारी चालकको मृत्यु
अंग्रेजी नयाँ वर्ष सन् २०२६ आजबाट शुरु
निर्वाचन आयोग मतपत्र छपाइको तयारीमा