कांग्रेस विशेष महाधिवेशन पक्षधरले गरे भृकुटीमण्डपको हल बुकिङ



काठमाडौँ  । नेपाली कांग्रेसको विशेष महाधिवेशनको लागि भन्दै हल बुकिङ गरिएको छ ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधर पुस २७ र २८ गतेगरी दुई दिनका लागि भृकुटीमण्डपको हल बुकिङ गरेका छन्। विशेष महाधिवेशनका लागि भन्दै भृकुटीमण्डपको हल बुकिङ गरिएको विशेष पक्षधर केन्द्रीय सदस्य प्रतिमा गौतमले बताइन्।

नियमित महाधिवेशनको सम्भावना सकिएपछि पार्टी स्वतः विशेष महाधिवेशनतिर अघि बढेको उनले बताइन्।

गौतमका अनुसार ‘हल बुकिङ भइसकेको छ, उहाँहरू अहिले सानेपा जाँदै हुनहुन्छ, त्यहाँ पुगेपछि सभापतिलाई आफ्नो तयारीबारे जानकारी गराउनुहुन्छ।’
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ गते विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएका थिए।
विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यकारी विधान अनुसार नै महामन्त्रीद्वय अघि बढेका हुन्।
तर संस्थापन पक्ष भने नियमित कार्यतालिका नै परिवर्तन गरेर चुनावपछि मात्रै महाधिवेशन गर्ने पक्षमा छ।
Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.