काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
महाशाखाका अनुसार आजदिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली हुने बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सम्वन्धित समाचार
नेपाल भ्रष्टाचार गर्ने हुने मुलुकको १०७ औं स्थानमा
सिलिण्डर विस्फोटमा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु
बालेनलाई सांसद सिंहको चुनौती, हिम्मत भए सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत भत्काऊ
भारतको कुम्भ मेलामा जान लागेका एक कर्मचारीको गाडीको ठक्करबाट मृत्यु
सुनको भाउ एकैदिन एक हजार चारसय रुपैयाँले वृद्धि
गुमनाम पार्न खोजिएको १७ वर्षीय रेजिना नेपाली बलात्कार,हत्या प्रकरण : किन बोल्दैनन् दलित अधिकारकर्मी ? प्रहरी मौन