काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ प्रक्रिया अघि बढाएको छ । सुरुमा समानुपातिकतर्फको र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छापिने छ ।
भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छापिने छ । निर्वाचन आयोगले यसअघि नै पुस १६ गतेदेखि मतपत्र छाप्ने तालिका निर्धारण गरेको थियो ।
फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कुल १ करोड ९० लाख ५ हजार ३२४ मतदाता नामावली संकलन तथा अद्यावधिक गरिएको छ । समानुपातिकतर्फ कुल मतदाताको १० प्रतिशत अतिरिक्त मतपत्र छाप्ने आयोगको नीति छ ।
समानुपातिकको मतपत्र छाप्ने काम २० देखि ३० दिन लाग्ने अनुमान छ ।
‘५८ दल र ६४ चुनाव चिह्न एकिन भइसकेकाले सुरुमा समानुपातिकको मतपत्र छाप्ने भएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले समानुपातिकतर्फ भाग लिने राजनीतिक दल र निर्वाचन चिह्न निश्चित भइसकेकाले सुरुमा समानुपातिकको मतपत्र छाप्ने बताए ।
प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि सुरु हुने बताईएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै