काठमाडौं । एसियाली विकास बैंक (एडीबी )ले नेपाललाई १० करोड अमेरिकी डलर (१४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण दिने भएको छ ।
सार्वजनिक वित्त व्यवस्थापनको सबलीकरणका लागि यस्तो ऋण सहायता दिने सम्बन्धी सम्झौतामा आज सम्झौता भएको हो ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ऋण सम्झौतामा हस्ताक्षर भयो । यस्तो सहायता नीतिमा आधारित ऋणका रूपमा उपलब्ध गराइएको अर्थले जनाएको छ ।
एडीबीका नेपाल निर्देशक कुश्वा तथा अर्थ सचिव उपाध्यायले सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
ऋण सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका निर्देशक आनो कुश्वाले हस्ताक्षर गरे ।
यो ऋण सहायताको ग्रेस अवधि ८ वर्षसहित भुक्तानी अवधि २४ वर्षको हुनेछ । सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहेको ऋणको ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत हुने र त्यसपछि १.५ प्रतिशत रहने छ ।



सम्वन्धित समाचार
एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष ‘जाँचबुझ आयोग’ को आग्रह
देउवा र शेखरबीच भेट: क्रमसंख्या नभएको फारमबारे छलफल
रघुजी पन्त, उपाध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी
३० खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता फारम वितरण सुरु
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै