देउवा र शेखरबीच भेट: क्रमसंख्या नभएको फारमबारे छलफल



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ। आज नेता कोइरालाले देउवालाई निवासमा पुगेर भेट गरेका हुन्।

केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई साथ लिएर कोइराला सभापति भेट्न गएको कोइरालाको सचिवालयले जनाएको छ।

भेटमा कोइरालाले क्रियाशील सदस्य वितरण समितिले नम्बर विनाका फारम जिल्ला-जिल्ला पठाएको र यसले पार्टीभित्र देशैभिर जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवा सामु बताए ।

कोइरालाले विना नम्बरका ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउँन निर्देशन दिन देउवालाई आग्रह गरे । कोइरालाले ती विना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै नसक्ने तर्क राखे ।

अनुशासन कारबाहीका सम्बन्धमा देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैको कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा राखे ।

२०७९ को निर्वाचनको गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियो।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.