काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
नेकपा एमालेको ११औँ महाधिवेशनमा स्थायी कमिटी सदस्य तथा पूर्वशिक्षा मन्त्री रघुजी पन्त उपाध्यक्षमा उम्मेदवार बनेका छन् ।
आफू उपाध्यक्ष पदमा विवेकको उम्मेदवार बनेको भन्दै सबै पक्षसँग सहयोगको अपेक्षा राखेको बताए ।
उनी केपी शर्मा ओलीको टीमबाट खुला केन्द्रीय सदस्यको उम्मेदवार प्रस्तावित थिए । यसअघि नवौं महाधिवेशनमा उपमहासचिव हारेका पन्त पछिल्लो समय ओलीनिकट मानिन्थे ।
पन्तलाई ईश्वर पोखरेल पक्षले उपाध्यक्षमा समेट्ने सम्भावना छ ।
एमालेको ११औं महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल अध्यक्षमा भिड्दैछन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै