काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
नेकपा एमालेको ११औँ महाधिवेशनमा स्थायी कमिटी सदस्य तथा पूर्वशिक्षा मन्त्री रघुजी पन्त उपाध्यक्षमा उम्मेदवार बनेका छन् ।
आफू उपाध्यक्ष पदमा विवेकको उम्मेदवार बनेको भन्दै सबै पक्षसँग सहयोगको अपेक्षा राखेको बताए ।
उनी केपी शर्मा ओलीको टीमबाट खुला केन्द्रीय सदस्यको उम्मेदवार प्रस्तावित थिए । यसअघि नवौं महाधिवेशनमा उपमहासचिव हारेका पन्त पछिल्लो समय ओलीनिकट मानिन्थे ।
पन्तलाई ईश्वर पोखरेल पक्षले उपाध्यक्षमा समेट्ने सम्भावना छ ।
एमालेको ११औं महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल अध्यक्षमा भिड्दैछन् ।



सम्वन्धित समाचार
३० खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता फारम वितरण सुरु
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै
नेकपा एमालेको सचिवालय बैठक बस्दै: विधान संशोधन प्रस्ताव लैजाने तयारी
सेनामा प्राविधिकसहित ३८८ जनाका लागि भर्ना खुल्यो
जेन-जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति