काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष पहिलो चार महिना (कात्तिक) सम्म विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको छ । असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो ।
यस्तो सञ्चितिले १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ । वस्तु आयात भने २०.८ महिनाको धान्न पर्याप्त हुने देखिएको छ ।
अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २१ अर्ब ५२ करोड पुगेको छ । असार मसान्तसम्म १९ अर्ब ५० करोड थियो । चार महिनामा डलरमा १०.३ प्रतिशतले वृद्धि भएको छ ।
बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ३ खर्ब ३० अर्ब ८५ करोड पुगेको छ । असार मसान्तसम्म २ खर्ब ६३ अर्ब ४ करोड थियो ।
कात्तिक मसान्तसम्म विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा ५० प्रतिशत पुगेको छ । कुल आयातको १४४.९ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँग ३७.८ प्रतिशत रहेको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै