एमाले महाधिवेशन : उम्मेदवारी दर्ता फारम वितरण सुरु



काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको महाधिवेशनको नयाँ नेतृत्व चयनको प्रक्रियाअन्तर्गत उम्मेदवारी फाराम वितरण सुरू भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा बन्दसत्र सकेर चुनावी प्रक्रिया सुरु भएको हो ।

अहिले चुनावका लागि उम्मेदवारलाई मनोनयन फाराम वितरण सुरु गरिएको छ । आज दिउँसो १:३० बजेसम्म उम्मेदवारहरुको दर्खास्त फारम दर्ता गर्ने कार्यक्रम छ ।

उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो  २:३० बजे सार्वजनिक गरिने छ । त्यसपछि उम्मेदवारहरुको प्रारम्भिक नामावली उपर उजुरी दिने समय सुरु हुने छ । उजुरी दिने समय दिँसो साढे २ बजेदेखि ३ बजेसम्म तोकिएको छ ।

उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने गरी कार्यतालिका तयार पारिएको छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.