रुपन्देही । राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपांगता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित भएका छन् ।
अन्य क्लस्टरतर्फ श्रेष्ठले ३ हजार ८०८ र एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४७७ मतभार पाए । महिला क्लस्टरतर्फ शर्मा ३ हजार ६६० मतभार र एमालेकी सम्झना देवकोटाले २ हजार ५५३ मतभार प्राप्त गरिन् ।
अपांगता क्लस्टरतर्फ कांग्रेसका परियार ३ हजार ७ सय ७४ र एमालेका उम्मेदवार हेमन्त शेरचनले २ हजार ४ सय ५८ मत प्राप्त गरे ।
सम्वन्धित समाचार
नेपाल भ्रष्टाचार गर्ने हुने मुलुकको १०७ औं स्थानमा
सिलिण्डर विस्फोटमा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु
बालेनलाई सांसद सिंहको चुनौती, हिम्मत भए सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत भत्काऊ
भारतको कुम्भ मेलामा जान लागेका एक कर्मचारीको गाडीको ठक्करबाट मृत्यु
सुनको भाउ एकैदिन एक हजार चारसय रुपैयाँले वृद्धि
गुमनाम पार्न खोजिएको १७ वर्षीय रेजिना नेपाली बलात्कार,हत्या प्रकरण : किन बोल्दैनन् दलित अधिकारकर्मी ? प्रहरी मौन