काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।
आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ । बिहीबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी थिइन् ।
आज विस्तार हुने मन्त्रिपरिषद्मा चार जना मन्त्री थपिने स्रोतले जनाएको छ । कुन-कुन मन्त्रालय थपिने भन्ने खुलाइएको छैन । त्यसका लागि प्रधानमन्त्री परामर्शनमा रहेको स्रोत बताउँछ ।
नवनियुक्त मन्त्रीहरूको शपथ आजै गराउने तयारी छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै