काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे अहिले बोल्ने कुरा राम्रो नहुने बताएका छन् ।
बुधवार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता पौडेलले यस्तो दाबी गरेका हुन् । महासचिवको पद आफूले दशौं महाधिवेशनमा नै छाडिसकेको र अध्यक्षमा केपी शर्मा ओलीलाई नै समर्थन गरिरहेको उनको प्रष्टोक्ति छ ।
‘म महासचिवको उम्मेदवार होइन । म शक्तिशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको महासचिव भएर काम गरेको हुँ । मैले दशौं महाधिवेशनमा नै छाडिसकेको छु ।
पौडेलले थप प्रष्ट पार्दै भने, ‘वरिष्ठ उपाध्यक्षको व्यवस्था विधानमै छैन । एघारौं महाधिवेशनमा उम्मेदवारी त हुन्छ । तर अध्यक्षबाहेकमा हुन्छ । अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गरिरहेको छु ।’
पौडेलले अध्यक्ष ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने कुरामा पार्टीभित्र विमति हुनुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ ।
उपाध्यक्ष पौडेलले पाँचौँ राष्ट्रिय महाधिवेशनमा मदन भण्डारी विरुद्ध दिइएको उम्मेदवारी अन्तिम समयमा आएर फिर्ता भएको जस्तै आसन्न महाधिवेशनमा पनि सोही बाटोबाट एमालेले नेतृत्व चयन गर्ने विश्वास समेत व्यक्त गरे ।
पौडेलले सकभर सहमतिमै नेतृत्व चयन हुने आफू विश्वस्त रहेको समेत बताए ।
उनले महाधिवेशनमा स्वस्थ प्रतिष्पर्धामा जाने वैधानिक बाटोलाई पनि खुला राखेको बताए ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै