काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे अहिले बोल्ने कुरा राम्रो नहुने बताएका छन् ।
बुधवार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता पौडेलले यस्तो दाबी गरेका हुन् । महासचिवको पद आफूले दशौं महाधिवेशनमा नै छाडिसकेको र अध्यक्षमा केपी शर्मा ओलीलाई नै समर्थन गरिरहेको उनको प्रष्टोक्ति छ ।
‘म महासचिवको उम्मेदवार होइन । म शक्तिशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको महासचिव भएर काम गरेको हुँ । मैले दशौं महाधिवेशनमा नै छाडिसकेको छु ।
पौडेलले थप प्रष्ट पार्दै भने, ‘वरिष्ठ उपाध्यक्षको व्यवस्था विधानमै छैन । एघारौं महाधिवेशनमा उम्मेदवारी त हुन्छ । तर अध्यक्षबाहेकमा हुन्छ । अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गरिरहेको छु ।’
पौडेलले अध्यक्ष ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने कुरामा पार्टीभित्र विमति हुनुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ ।
उपाध्यक्ष पौडेलले पाँचौँ राष्ट्रिय महाधिवेशनमा मदन भण्डारी विरुद्ध दिइएको उम्मेदवारी अन्तिम समयमा आएर फिर्ता भएको जस्तै आसन्न महाधिवेशनमा पनि सोही बाटोबाट एमालेले नेतृत्व चयन गर्ने विश्वास समेत व्यक्त गरे ।
पौडेलले सकभर सहमतिमै नेतृत्व चयन हुने आफू विश्वस्त रहेको समेत बताए ।
उनले महाधिवेशनमा स्वस्थ प्रतिष्पर्धामा जाने वैधानिक बाटोलाई पनि खुला राखेको बताए ।



सम्वन्धित समाचार
काठमाडौँमा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी सिकाइ सम्मेलन हुने
भदौ २३ गतेलाई जेनजी शहिद दिवसका रुपमा मनाउने सरकारको निर्णय
जलवायु न्याय, समावेशिता र नेपालकाे प्राथमिकतामाथि युवाको वहस
कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय
नेकपाको एकता सन्देश सभा विराटनगरमा सुरू
एमालेले सार्वजनिक गर्यो ११औँ महाधिवेशनको लोगो