काठमाडौं- विश्वव्यापी जलवायु संकटका चुनौती र अन्तर्राष्ट्रिय काेप सम्मेलन ३० का निष्कर्षबारे केन्द्रित समीक्षा, उपलब्धि र भावी मार्गचित्र” विषयक राष्ट्रिय संवाद काठमाडौंमा सम्पन्न भयो। संवाद कार्यक्रम युथ एड्भोकेसी नेपाल (YAN) काे आयोजना तथा भिएसो र एक्सनएडको सहकार्य भएकाे थियाे ।
कार्यक्रममा जलवायु परिवर्तन रोकथाम, कार्बन उत्सर्जन घटाउने, दिगो भविष्य निर्माण, सिमान्तकृत समुदायका मुद्दा तथा विकसित मुलुकको कमजोर प्रतिबद्धताबारे गम्भीर बहस भएकाे थियाे।
युथ एड्भाेकेसी नेपालका सल्लाहकार नरेन खतिवडाले जलवायु परिवर्तनसँग जुध्न युवाको नेतृत्व अपरिहार्य भएको बताए।
उपप्राध्यापक प्रतिमा गुरुङले आदिवासी, जनजाति तथा अपांगता भएका व्यक्तिहरूको मुद्दा COP प्रक्रियामा समेटिनुलाई महत्वपूर्ण उपलब्धि बताइन्।
लाभिया क्यापासिना प्रतिनिधि प्रेमश पाेखरेलले विकसित राष्ट्रहरूको कमजोरी र ४४% हरितगृह ग्यास उनीहरैनै जिम्मेवार रहेको उल्लेख गर्दै गरिब मुलुकहरू बढी प्रभावित भएको बताए।
जलवायु अभियन्ता प्रयास अधिकारीले जलवायु नीतिमा लैंगिक तथा सिमान्तकृत समुदायको सहभागिता अनिवार्य रहेको बताउँदै पिपुल्स समिटका स्वरहरूलाई प्राथमिकता नदिएको आरोप लगाए।
अभियन्ता राहुल देवानका अनुसार COP 30 को मुख्य उपलब्धि जस्ट ट्रान्जिसन फ्रेमवर्क तयार हुनु हो, जसले विपन्न तथा प्रभावित समुदायलाई मद्दत गर्ने दिशामा सकारात्मक कदम संकेत गर्छ।
VSO प्रतिनिधि सन्तोष थापा, महासचिव विनय कार्की, र अध्यक्ष गणेश धामीले राष्ट्रिय तथ्यांक, युवा सहभागिता र भावी रणनीतिबारे धारणा राखेका थिए।
कार्यक्रमले नेपालजस्ता विकासशील राष्ट्रका जलवायु प्राथमिकतामा युवाको आवाज थप मजबुत रूपमा प्रस्तुत गरेको आयोजकले जनाएको छ। काेप सम्मेलनमा विश्वका १९७ वटा राष्ट्रहरूकाे सहभागीता हुने गरेकाे छ।



सम्वन्धित समाचार
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो