काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ सम्म काठमाडौंमा गर्ने निर्णय भएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशन मिति केन्द्रीय समितिको बैठकले सर्वसम्मत निर्णय गरेको जानकारी गराए ।
केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन कार्यतालिका प्रस्तुत गरेका थिए। उक्त कार्यतालिका सर्वसम्मत रूपमा पारित भएको हो।
महाधिवेशन मितिबारे विषयमा सहमति जुट्न नसक्दा असोज २८ गतेदेखि सुरू केन्द्रीय समिति बैठक बीचमा पटक पटक स्थगित भएको थियो।
सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेताहरूसँग निरन्तर अनौपचारिक कुराकानी गरी पुसभित्रै महाधिवेशन गर्ने निर्णयमा पुर्याएका थिए। उक्त निर्णयलाई नै केन्द्रीय समितिले अनुमोदन गरेको हो।
अन्ततः नियमित अधिवेशन नै आमनिर्वाचनभन्दा अगाडि गर्न कांग्रेस नेतृत्व तयार भएको हो ।



सम्वन्धित समाचार
नेकपाको एकता सन्देश सभा विराटनगरमा सुरू
एमालेले सार्वजनिक गर्यो ११औँ महाधिवेशनको लोगो
२४ वर्षीय ढकाल एमाले महाधिवेशन प्रतिनिधि
एनपिएल: सुदूरपश्चिमको लगातार पाँचौं जित, जनकपुरको लगातार चौथो हार
नेपाली कम्युनिष्ट पार्टीले आज धनगढीमा सभा गर्दै
प्रधानमन्त्री र एमालेका नेताहरूबीच बालुवाटारमा छलफल