काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ सम्म काठमाडौंमा गर्ने निर्णय भएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशन मिति केन्द्रीय समितिको बैठकले सर्वसम्मत निर्णय गरेको जानकारी गराए ।
केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन कार्यतालिका प्रस्तुत गरेका थिए। उक्त कार्यतालिका सर्वसम्मत रूपमा पारित भएको हो।
महाधिवेशन मितिबारे विषयमा सहमति जुट्न नसक्दा असोज २८ गतेदेखि सुरू केन्द्रीय समिति बैठक बीचमा पटक पटक स्थगित भएको थियो।
सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेताहरूसँग निरन्तर अनौपचारिक कुराकानी गरी पुसभित्रै महाधिवेशन गर्ने निर्णयमा पुर्याएका थिए। उक्त निर्णयलाई नै केन्द्रीय समितिले अनुमोदन गरेको हो।
अन्ततः नियमित अधिवेशन नै आमनिर्वाचनभन्दा अगाडि गर्न कांग्रेस नेतृत्व तयार भएको हो ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै