काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि २४ वर्षीय सन्देश ढकाल प्रतिनिधि निर्वाचित भएका छन् । पाल्पा क्षेत्र नं. १ को युवा क्लस्टरबाट २४ वर्षीय ढकाल निर्वाचित भएका हुन् ।
कूल ४६५ मतमध्ये ढकालले २५६ मत प्राप्त गरेका हुन् । निर्वाचनमा उनका प्रतिद्वन्द्वी विजय रानाभाटले ७३ मत तथा तेज घर्ती मगरले १२७ मत ल्याए ।
ढकाल अहिले अनेरास्ववियु पाल्पा जिल्ला कमिटीका अध्यक्ष छन् । एमालेले महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छनोट गरिरहेको छ ।
एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई एउटा क्षेत्र बनाएर प्रतिनिधि चयन गरिरहेको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै