काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न नेकपा एमालेका नेताहरू बालुवाटार पुगेका छन्। अहिले प्रधानमन्त्री र एमाले नेताहरूबिचको छलफल जारी छ।
छलफलमा सहभागी हुन एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी छन् ।
सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित सञ्चारमन्त्री जगदीश खरेल, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल सहभागी छन् ।
प्रधानमन्त्री कार्कीले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्नका लागि तयारी अघि बढाएकी थिइन् । अन्य दलका नेताहरूसँग पनि छलफल गर्ने तयारीमा प्रधानमन्त्री रहेको स्रोतले बताएको छ ।



सम्वन्धित समाचार
एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला हुँदै
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त