नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला हुँदै



 काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला बोलाएको छ । केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशन आह्वान गर्न दबाब दिने उद्देश्यले भेला डाकिएको नेताहरुले बताएका छन् ।

विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका २ हजार ४९९ प्रतिनिधिले हस्ताक्षर सहित लिखित माग गरेका छन् । २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको माग सहित लिखित प्रस्ताव पेश गरिएको थियो  ।

केन्द्रीय समितिको बैठक भोलि मंसिर ११ गते बस्दैछ । सो बैठकबाट विशेष महाधिवेशनको मिति तोकिनुपर्ने माग विशेष महाधिवेशन पक्षधरको छ ।

राष्ट्रिय सभा गृहमा बुधबार दिउँसो १ बजेदेखि भेला आयोजना गरिएको छ । विशेष महाधिवेशनको पक्षमा रहेका पुराना पुस्ताका नेताहरु, जिल्ला सभापतिहरु, नयाँ पुस्ता लगायतले  भेलालाई सम्बोधन गर्ने नेताहरुले जानकारी गराएका छन् ।

कांग्रेस विधान अनुसार प्रस्ताव पेश मितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.