नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने



काठमाडौँ । अन्तरिम सरकारका तीन नयाँ मन्त्रीहरूको शपथ सोमबार हुँदैछ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको शपथ आज बिहान ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतले शपथ ग्रहणको समयबारे जानकारी दिएको हो ।

शपथ ग्रहण समारोह शितल निवास परिसरमा टेन्टमुनि हुनेछ । अहिले टेन्ट राख्ने काम भइरहेको छ ।

अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन् । अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको स्रोत बताउँछ ।

अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने र घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.