काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)को दोस्रो विधान महाधिवेशनको तयारीबारे छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजेका लागि बोलाइएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
यस्तै उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको फरक मतमा पनि छलफल हुने भएको छ ।
यही भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीमा हुँदैछ ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित