काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ मा बाढीले ५ घर बगाएको छ । आइतबार रातिदेखिको वर्षाका कारण पासाङल्हामुगाउँपालिकाको थामे खोलामा बाढी आएको हो ।
बाढीले ५ घरमा आंशिक क्षति पुर्याएको खुम्बु पासाङल्हामु गाउँपालिकाले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ। बाढीका कारण बिजुलीको पोल र वितरण प्रणाली, सञ्चार सेवा लगायतका संरचना समेत अवरुद्ध भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक मनोजीत कुँवरका अनुसार थामे खोलामा तलाउ जस्तो बनेर थुनिएको पानी ओभर फ्लो भएर बग्दा खोला किनारका घर बगाएको हो ।
त्यस क्षेत्रका घरहरूबाट यसअघि नै मानिसहरूलाई स्थानान्तरण गरिसकिएका कारण ठूलो क्षति हुन नपाएको उनले बताए ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा हाल अविरल बर्षा भइरहेको कारण यसबाट हुनसक्ने क्षतिको सम्भावना कायमै रहेकाले थामे क्षेत्र लगाएत सम्पुर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरुलाइ सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।
बाढीका कारण मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।




सम्वन्धित समाचार
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी
वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यु
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च