काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ मा बाढीले ५ घर बगाएको छ । आइतबार रातिदेखिको वर्षाका कारण पासाङल्हामुगाउँपालिकाको थामे खोलामा बाढी आएको हो ।
बाढीले ५ घरमा आंशिक क्षति पुर्याएको खुम्बु पासाङल्हामु गाउँपालिकाले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ। बाढीका कारण बिजुलीको पोल र वितरण प्रणाली, सञ्चार सेवा लगायतका संरचना समेत अवरुद्ध भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक मनोजीत कुँवरका अनुसार थामे खोलामा तलाउ जस्तो बनेर थुनिएको पानी ओभर फ्लो भएर बग्दा खोला किनारका घर बगाएको हो ।
त्यस क्षेत्रका घरहरूबाट यसअघि नै मानिसहरूलाई स्थानान्तरण गरिसकिएका कारण ठूलो क्षति हुन नपाएको उनले बताए ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा हाल अविरल बर्षा भइरहेको कारण यसबाट हुनसक्ने क्षतिको सम्भावना कायमै रहेकाले थामे क्षेत्र लगाएत सम्पुर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरुलाइ सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।
बाढीका कारण मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।




सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै