काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
दिँउसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पार्टीका नेताहरूसँग राष्ट्रिय सहमति जुटाएर लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताएका छन् ।
ओलीले संसद्को समेत विश्वास समेत लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताएका हुन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्रीको सम्बोधनको क्रममा रास्वपाले अवरोध नगर्ने जनाएको छ । भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको रास्वपाले आज भने प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्न दिने जनाएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै