काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई हाजिरी जमानीमा छुटेका छन् ।
विद्युतीय अपराधको उजुरीका आधारमा पक्राउ परेका उनलाई हाजिरी जमानीमा छाडिएको बताइएको छ ।
बलात्कार तथा यौन शोषण गरेको भन्दै प्रहरीमा जाहेरीपछि पक्राउ परेका महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख, सहन्यायाधिवक्ता रामहरी शर्माले जानकारी दिए ।
उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले आज पक्राउ पुर्जी जारी गरेको थियो । त्यसै पक्राउ पुर्जीका आधारमा उनी पक्राउ परेका थिए ।
गत प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका महर नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित