काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन्।
संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी न्यौपानेले लगत्तै राज्य व्यवस्थाको सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
पार्टीको निर्णय अनुसार न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।
उनको प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडा छन् भने समर्थक एमाले सांसद कृष्णगोपाल श्रेष्ठ छन्। खतिवडा यसअघि सभापति थिए।
समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि सभामुखको उम्मेदवार पनि बनाएको थियो।
निर्वाचन भने भोलि दिउँसो ३ बजे समितिको बैठकमै हुनेछ ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित