काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन्।
संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी न्यौपानेले लगत्तै राज्य व्यवस्थाको सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
पार्टीको निर्णय अनुसार न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।
उनको प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडा छन् भने समर्थक एमाले सांसद कृष्णगोपाल श्रेष्ठ छन्। खतिवडा यसअघि सभापति थिए।
समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि सभामुखको उम्मेदवार पनि बनाएको थियो।
निर्वाचन भने भोलि दिउँसो ३ बजे समितिको बैठकमै हुनेछ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै