काठमाडौं । नेकपा एमालेले ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनको मुख्य नारा तय गरेको छ । भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनको लागि नारा तय गरिएको हो।
दोस्रो विधान महाधिवेशनका लागि ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारा तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार यो नारा राजनीतिक प्रतिवेदनले टुंगो लगाएको हो ।
विधान संशोधनका लागि अहिले एमालेले तल्लो तहबाट सुझाव संकलन गरिरहेको छ। यसअघि नवौँ केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते बसेको थियो।
दोस्रो विधान महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी दुई हजार ३९२ जनाको सहभागिता हुनेछ। महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ।
विधान महाधिवेशनको लोगो भने टुंगो लाग्न बाँकी छ ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित