काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । जस अन्तर्गत भोलि मनोनयन र पर्सी ११ गते निर्वाचन गर्ने तय भएको छ ।
जस अनुसार भोलि दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्ने, सवा ४ बजे उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ ।
पर्सी दिउँसो ३ बजे राज्य व्यवस्था समितिको बैठक बस्नेछ । जहाँ सभापतिको निर्वाचन हुनेछ । एक जनाको मात्रै उम्मेदवारी परे सर्वसम्मत हुनेछ । यदि दुई जनाको उम्मेदवारी परे निर्वाचन हुनेछ ।
सत्तापक्षले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएका छन् । प्रतिपक्षले उम्मेदवार दिने कि नदिने तय भएको छैन ।
२७ सदस्यीय समितिमा नेपाली कांग्रेसका ९ जना छन् । नेकपा एमालेका ६ जना छन् । एमाले र कांग्रेस मिल्दा मात्रै समितिमा दुई दलको सांसद संख्या १५ पुग्छ । यो सभापति निर्वाचनका लागि बहुमत हो ।
राज्य व्यवस्था समितिमा कांग्रेसबाट सांसदहरू अम्बिका बस्नेत, गगनकुमार थापा, दिलेन्द्रप्रसाद बडू, विश्वप्रकाश शर्मा, सरिता प्रसाई, हृदयराम थानी, पूर्णवहादुर खड्का, ईश्वरीदेवी न्यौपाने र रामहरि खतिवडा सदस्य रहेका छन् ।
एमालेका कृष्णगोपाल श्रेष्ठ, मेनका कुमारी पोख्रेल, बासुदेव घिमिरे, लीलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई र पदम गिरी पनि यही समितिको सदस्य छन् ।
यसबाहेक राज्य व्यवस्था समितिमा माओवादी केन्द्रका हितराज पाण्डे, पुष्पकमल दाहाल प्रचण्ड र दुर्गा राई सदस्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चन्दा कार्की (भण्डारी), रवि लामिछाने (निलम्बित) सदस्य छन् ।
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे, जनता समाजवादी पार्टी नेपालका प्रकाश अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का बुद्धिमान तामाङ सदस्य रहेका छन् ।




सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै