काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । जस अन्तर्गत भोलि मनोनयन र पर्सी ११ गते निर्वाचन गर्ने तय भएको छ ।
जस अनुसार भोलि दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्ने, सवा ४ बजे उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ ।
पर्सी दिउँसो ३ बजे राज्य व्यवस्था समितिको बैठक बस्नेछ । जहाँ सभापतिको निर्वाचन हुनेछ । एक जनाको मात्रै उम्मेदवारी परे सर्वसम्मत हुनेछ । यदि दुई जनाको उम्मेदवारी परे निर्वाचन हुनेछ ।
सत्तापक्षले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएका छन् । प्रतिपक्षले उम्मेदवार दिने कि नदिने तय भएको छैन ।
२७ सदस्यीय समितिमा नेपाली कांग्रेसका ९ जना छन् । नेकपा एमालेका ६ जना छन् । एमाले र कांग्रेस मिल्दा मात्रै समितिमा दुई दलको सांसद संख्या १५ पुग्छ । यो सभापति निर्वाचनका लागि बहुमत हो ।
राज्य व्यवस्था समितिमा कांग्रेसबाट सांसदहरू अम्बिका बस्नेत, गगनकुमार थापा, दिलेन्द्रप्रसाद बडू, विश्वप्रकाश शर्मा, सरिता प्रसाई, हृदयराम थानी, पूर्णवहादुर खड्का, ईश्वरीदेवी न्यौपाने र रामहरि खतिवडा सदस्य रहेका छन् ।
एमालेका कृष्णगोपाल श्रेष्ठ, मेनका कुमारी पोख्रेल, बासुदेव घिमिरे, लीलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई र पदम गिरी पनि यही समितिको सदस्य छन् ।
यसबाहेक राज्य व्यवस्था समितिमा माओवादी केन्द्रका हितराज पाण्डे, पुष्पकमल दाहाल प्रचण्ड र दुर्गा राई सदस्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चन्दा कार्की (भण्डारी), रवि लामिछाने (निलम्बित) सदस्य छन् ।
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे, जनता समाजवादी पार्टी नेपालका प्रकाश अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का बुद्धिमान तामाङ सदस्य रहेका छन् ।




सम्वन्धित समाचार
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?
देउवाको पोस्टमा बालेनको कमेन्ट: यो पोस्ट कुन भीपीएनबाट हो