मोरङ। अनेरास्ववियु मोरङमा विवादका कारण संस्थापन पक्ष र संस्थापन इतरका छुट्टा छुट्टै जिल्ला संयोजक तोकिएपछि विवाद उत्पन्न भएको छ ।
शनिवार विराटनगरस्थित एमाले मोरङ जिल्ला पार्टी कार्यालयमा बसेको अनेरास्ववियु जिल्ला कमिटीको बैठकमा कसलाई संयोजक बनाउने भन्ने विषयमा विवाद भएको थियो ।
विवाद पछि बैठक निष्कर्षमा पुग्न सकेको थिएन । बैठक निष्कर्षमा पुग्न नसकेपछि २ जना संयोजक तोकिएका छन् । संस्थापन पक्षले एलिस ओझालाई संयोजक घोषणा गरेको छ, भने यस्तै संस्थापन इतर समूहले संगम कन्दङ्वालाई संयोजक चयन गरेको छ।
यसअघि गत माघमा तत्कालीन अध्यक्ष तुलसी घिमिरे र उपाध्यक्ष रुपेश खड्का रहँदा पनि अनेरास्ववियु केन्द्रीय कमिटीले तत्कालीन सचिव वीरेन्द्र घिमिरेलाई संयोजकको जिम्मेवारी दिएको थियो।
एमाले मोरङका उपाध्यक्ष सागर थापाले कमिटीले घोषणा गरेका व्यक्ती नै आधिकारिक भएको बताए । उनले भने, ‘संयोजकलाई नै संयोजक तोक्ने कुनै विधान छैन । बैठकले जसलाई संयोजक तोक्यो उही संयोजक हो ।
0



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित