मोरङ। अनेरास्ववियु मोरङमा विवादका कारण संस्थापन पक्ष र संस्थापन इतरका छुट्टा छुट्टै जिल्ला संयोजक तोकिएपछि विवाद उत्पन्न भएको छ ।
शनिवार विराटनगरस्थित एमाले मोरङ जिल्ला पार्टी कार्यालयमा बसेको अनेरास्ववियु जिल्ला कमिटीको बैठकमा कसलाई संयोजक बनाउने भन्ने विषयमा विवाद भएको थियो ।
विवाद पछि बैठक निष्कर्षमा पुग्न सकेको थिएन । बैठक निष्कर्षमा पुग्न नसकेपछि २ जना संयोजक तोकिएका छन् । संस्थापन पक्षले एलिस ओझालाई संयोजक घोषणा गरेको छ, भने यस्तै संस्थापन इतर समूहले संगम कन्दङ्वालाई संयोजक चयन गरेको छ।
यसअघि गत माघमा तत्कालीन अध्यक्ष तुलसी घिमिरे र उपाध्यक्ष रुपेश खड्का रहँदा पनि अनेरास्ववियु केन्द्रीय कमिटीले तत्कालीन सचिव वीरेन्द्र घिमिरेलाई संयोजकको जिम्मेवारी दिएको थियो।
एमाले मोरङका उपाध्यक्ष सागर थापाले कमिटीले घोषणा गरेका व्यक्ती नै आधिकारिक भएको बताए । उनले भने, ‘संयोजकलाई नै संयोजक तोक्ने कुनै विधान छैन । बैठकले जसलाई संयोजक तोक्यो उही संयोजक हो ।
0



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै