काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी विधेयक–२०८० माथि छलफल गर्न बोलाइएको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ ।
बिहान ८ बजे नै बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो । आजको बैठकमा विवादित विषय टुंगो लगाएर विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।
यसअघि समितिले विवादित विषयलाई थाँती राखेर प्रतिवेदन तयार पारेको थियो । निजी विद्यालयलाई गैरनाफामूलक बनाउने र विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवथामा विवाद छ । यसकै कारण निजी विद्यालय सञ्चालकहरुले आन्दोलन सुरु गरेका छन् ।
निजी विद्यालय सन्चालकहरुले भने कम्पनी ऐन अन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामुलक बनाउने भन्ने व्यवस्था हटाउनुपर्ने, पूर्ण छात्रवृत्तिबाट पोशाक, स्टेसनरी, शैक्षिक सामग्री र खाजा उपलब्ध गराउनुपर्ने, छात्रवृत्ति सम्बन्धी अधिकार स्थानीय तहलाई दिने भन्ने व्यवस्था हटाएर विद्यालयलाई नै दिनुपर्ने लगायत माग राखेका छन् ।
यता शिक्षक महासंघले पनि विद्यालय शिक्षा सम्बन्धी विधेयकमा समावेश गर्न लागिएको कतिपय प्रावधानमा असहमति जनाउँदै आन्दोलनको चेतावनी दिएको छ । यस्तो अवस्थामा आज बसेको शिक्षा समितिको बैठकलाई चासोपूर्वक हेरिएको छ ।
विधेयक पारित हुन ढिला भएको भन्दै नेपाल शिक्षक महासंघले पनि आन्दोलनको चेतावनी दिएको छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप