काठमाडौँ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७, स्पेसल चोकमा राति १ बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बुढानिलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको डिओ स्कुटर र बुढानिलकण्ठ देखि गोल्फुटारतर्फ जादै गरेको प्रदेश ३–०२–००२ प ५७२ सुजुकी जिक्सर मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी प्रभाव बुढानीलकण्ठका अनुसार दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइतेमध्ये गोरखा आरुपोखरीका २४ वर्षीय एरिक परियारको मात्र पहिचान भएको छ ।
उनको निधार र खुट्टामा चोट लागेको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनी बोल्न सक्ने अवस्थामा छन् । थप दुई घाइतेमध्ये एकको बाँया हात र टाउकोमा चोट लागेको छ भने आर्का व्यक्तिको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ ।
दुर्घटनामा सिराहा जन्दहका २९ वर्षीय भोला थापाको उपचारकै क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का करिब ३५ वर्षीय पुरुष (कालो पाइन्ट र सेतो टिसर्ट लगाएका) को पनि सोही समयमा अस्पतालमा मृत्यु भएको हो । तर उनको पहिचान नभएको प्रहरीले बताएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै