काठमाडौँ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७, स्पेसल चोकमा राति १ बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बुढानिलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको डिओ स्कुटर र बुढानिलकण्ठ देखि गोल्फुटारतर्फ जादै गरेको प्रदेश ३–०२–००२ प ५७२ सुजुकी जिक्सर मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी प्रभाव बुढानीलकण्ठका अनुसार दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइतेमध्ये गोरखा आरुपोखरीका २४ वर्षीय एरिक परियारको मात्र पहिचान भएको छ ।
उनको निधार र खुट्टामा चोट लागेको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनी बोल्न सक्ने अवस्थामा छन् । थप दुई घाइतेमध्ये एकको बाँया हात र टाउकोमा चोट लागेको छ भने आर्का व्यक्तिको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ ।
दुर्घटनामा सिराहा जन्दहका २९ वर्षीय भोला थापाको उपचारकै क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का करिब ३५ वर्षीय पुरुष (कालो पाइन्ट र सेतो टिसर्ट लगाएका) को पनि सोही समयमा अस्पतालमा मृत्यु भएको हो । तर उनको पहिचान नभएको प्रहरीले बताएको छ ।



सम्वन्धित समाचार
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?
देउवाको पोस्टमा बालेनको कमेन्ट: यो पोस्ट कुन भीपीएनबाट हो