बाजुरा। बाजुराको सर्वाधिक विकट बिच्छ्यामा आएको बाढीले हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ घर बगाएको छ ।
अविरल बर्षाले बुधवार हिमाली गाउँपालिका १ अन्तर्गत बिच्छ्या खोलामा आएको बाढीले भौतिक क्षति पुर्याएको हो ।
उनकाअनुसार कवाडी प्रहरी चौकीको टोली बाढी प्रभावित क्षेत्रमा गएर तथ्याङ्क सङ्कलन गरेको हो । बाढीले सोही गाउँपालिका–१ का नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोवतल थापाको घर, पसल र खेतबारीमा क्षति पुगेको छ ।


बाढीले पुर्याएको क्षतिको अवस्था अनुगमन गर्न गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल नेतृत्वको टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ । अध्यक्ष मल्लको टोलीले तीन वटै वडामा बाढीले पुर्याएको क्षतिको अवस्था र प्रभावितको अवस्था बुझ्न विच्छ्या गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताए ।
बाढी प्रभावितलाई राहत र पुनःस्थापनाका लागि कार्यपालिका बैठक बसेर निर्णय गर्ने अध्यक्ष मल्लले बताए।

यस बिषयमा बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले अकस्मात् आएको बाढीले बिच्छ्या र कुवाडीमा ठूलो भौतिक क्षति गरेको भन्दै दुःख व्यक्त गरे । उनले घटना दिउँसो भएको र समयमै सचेत गराएका कारण मानविय क्षति नभए पनि भौतिक क्षति भएको भन्दै अहिले पीडितहरुको उद्धार तथा राहत हिमाली गाउँपालिकाबाट भइरहेको बताए । सहज फोन सम्पर्क पनि नभएको र विकट भएकाले अहिले क्षतिको विवरण संकलन भइरहेको बताए ।



सम्वन्धित समाचार
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी
वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यु
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च