बाजुरा। बाजुराको सर्वाधिक विकट बिच्छ्यामा आएको बाढीले हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ घर बगाएको छ ।
अविरल बर्षाले बुधवार हिमाली गाउँपालिका १ अन्तर्गत बिच्छ्या खोलामा आएको बाढीले भौतिक क्षति पुर्याएको हो ।
उनकाअनुसार कवाडी प्रहरी चौकीको टोली बाढी प्रभावित क्षेत्रमा गएर तथ्याङ्क सङ्कलन गरेको हो । बाढीले सोही गाउँपालिका–१ का नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोवतल थापाको घर, पसल र खेतबारीमा क्षति पुगेको छ ।


बाढीले पुर्याएको क्षतिको अवस्था अनुगमन गर्न गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल नेतृत्वको टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ । अध्यक्ष मल्लको टोलीले तीन वटै वडामा बाढीले पुर्याएको क्षतिको अवस्था र प्रभावितको अवस्था बुझ्न विच्छ्या गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताए ।
बाढी प्रभावितलाई राहत र पुनःस्थापनाका लागि कार्यपालिका बैठक बसेर निर्णय गर्ने अध्यक्ष मल्लले बताए।

यस बिषयमा बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले अकस्मात् आएको बाढीले बिच्छ्या र कुवाडीमा ठूलो भौतिक क्षति गरेको भन्दै दुःख व्यक्त गरे । उनले घटना दिउँसो भएको र समयमै सचेत गराएका कारण मानविय क्षति नभए पनि भौतिक क्षति भएको भन्दै अहिले पीडितहरुको उद्धार तथा राहत हिमाली गाउँपालिकाबाट भइरहेको बताए । सहज फोन सम्पर्क पनि नभएको र विकट भएकाले अहिले क्षतिको विवरण संकलन भइरहेको बताए ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै