काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मल आपूर्तिको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् ।
नेता र मन्त्रीहरूले गाली खानुपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सम्बन्धित निकाय जबाफदेही हुन नसक्दा सरकारको विरोध भइरहेको बताए ।
उनले हरेक सरकारी निकायहरू आफ्नो परिभाषित काममा आफैँ जबाफदेही हुनुपर्ने बताए ।
नागरिकको समस्यामा सरकार चुप लागेर बस्न नमिल्ने उल्लेख गर्दै उनले भने, ‘किसानले किन ‘मल पाएनौँ’ भनिरहेका छन् ? यो गुनासो तत्काल सम्बोधन गर्न हिजो सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएको छु । सम्बन्धित निकायलाई जनस्तरबाट पनि खबरदारी भइरहोस्। समस्या हेरेर बस्ने होइन, समाधान गर्ने हो।’
प्रधानमन्त्री ओलीले मंगलवार मल आपूर्तिको जिम्मेवारी लिएका संस्थाका पदाधिकारीहरूसँगको छलफलमा आफ्नो उत्तरदायित्वबाट नपन्छिन भनेका छन् ।
प्रधानमन्त्री ओलीले मलाई धेरै कुरा भन्दा पनि मल चाहियो क्या यहाँ । के भएर मल आउँदैन, मैले प्रधानमन्त्री हुने बित्तिकै आइन्दा मलको आपूर्तिमा कमी नहोस् भनेर स्पष्ट निर्देशन दिएको थिएँ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै