काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अहिले सिंहदरबारमा जारी छ।
विद्यालय शिक्षा विधेयक-२०८० लाई अन्तिम रूप दिनका लागि समितिको बैठक सिंहदरबारमा बसिरहेको छ।
समितिले विधेयकमाथि उठेका विषयमा अन्तिम छलफल गर्दै आवश्यक संशोधन र सहमतिको प्रयास गरिरहेको छ। शिक्षा क्षेत्रका सरोकारवालाहरूबाट आएको सुझाव, माग र आन्दोलनलाई ध्यानमा राख्दै समितिले विधेयकलाई टुंग्याउने तयारी गरेको हो।
बैठकमा समितिका सदस्यहरूका साथै शिक्षा मन्त्रालयका प्रतिनिधिहरूको पनि सहभागिता रहेको छ। विधेयकमा शिक्षक बढुवा, बालविकास, निजी विद्यालय नियमन लगायतका विषयमा अन्तिम निर्णय हुन सक्ने जनाएको छ।
गत २२ असारमै विधेयक पास गर्ने तयारी थियो । तर शिक्षक महासंघको मागका विषयमा फरक-फरक प्रस्ताव आएपछि शिक्षामन्त्री रघुजी पन्तले सहमतिका लागि समय मागेका थिए । समितिले ५ दिनको समय दिएको थियो ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै