काठमाडौं । साउन २१ गते (हिजो) साँझ कालीगण्डकीमा आमा छोरा बेपत्ता भएको आशङ्कामा सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको छ ।
साउन २१ गते साँझ कालीगण्डकीमा आमा–छोरा बेपत्ता भएको आशंकामा खोजी कार्य जारी राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार स्याङजाको गल्याङ नगरपालिका–५ सेतिवेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतिक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेको थियो । ती सामान कालीगण्डकी गाउँपालिका–४ बिर्घा बस्ने २७ वर्षीया श्यामकला पाण्डे र उनको ६ वर्षीय छोरा अर्पित पाण्डेको रहेको बुझिन आएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाको भनाइ छ ।
‘उनीहरु सम्पर्कमा समेत नरहेकाले कालिगण्डकी नदीमा बेपत्ता भएको हुन सक्ने आशंकामा बिहीवार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गुल्म स्याङजाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षाफौज परिचालन गरी खोजी कार्य शुरु गरिएको हो ।
बेपत्ता आशंका गरिएकाको खोजीका लागि पोखराबाट गोताखोर समेत लैजाने तयारी भएको छ ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित