कालीगण्डकीमा आमा-छोरा बेपत्ता भएको आशंकामा खोजी जारी



काठमाडौं । साउन २१ गते (हिजो) साँझ कालीगण्डकीमा आमा छोरा बेपत्ता भएको आशङ्कामा सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको छ ।

साउन २१ गते साँझ कालीगण्डकीमा आमा–छोरा बेपत्ता भएको आशंकामा खोजी कार्य जारी राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार स्याङजाको गल्याङ नगरपालिका–५ सेतिवेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतिक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेको थियो । ती सामान कालीगण्डकी गाउँपालिका–४ बिर्घा बस्ने २७ वर्षीया श्यामकला पाण्डे र उनको ६ वर्षीय छोरा अर्पित पाण्डेको रहेको बुझिन आएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाको भनाइ छ ।

‘उनीहरु सम्पर्कमा समेत नरहेकाले कालिगण्डकी नदीमा बेपत्ता भएको हुन सक्ने आशंकामा बिहीवार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गुल्म स्याङजाबाट सशस्त्र प्रहरी निरीक्षकको  कमाण्डमा  सुरक्षाफौज  परिचालन गरी खोजी कार्य शुरु गरिएको हो ।

बेपत्ता आशंका गरिएकाको खोजीका लागि पोखराबाट गोताखोर समेत लैजाने तयारी भएको छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.