बाजुरा । जिल्लाको हिमाली गाउँपालिका-५ किउडीबाट धुलाचौरका लागि छुटेको बा प्र.०३००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटना हुँदा २ जनाको मृत्यु १५ जना घाइते भएका छन् ।
दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए ।
मृतकहरूमा हिमाली गाउँपालिका-५ की ७६ वर्षीया बाचा रोकाया र सोही ठाउँकी ७५ वर्षीया विजौरा रोकाया छन् । दुर्घटनामा १५ जना घाइते भएको र तीमध्ये १२ जनाको अवस्था गम्भीर छ ।
जीपमा २६ जना सवार थिए । क्षमताभन्दा बढी यात्रु रहेकोले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै