बाजुरा । जिल्लाको हिमाली गाउँपालिका-५ किउडीबाट धुलाचौरका लागि छुटेको बा प्र.०३००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटना हुँदा २ जनाको मृत्यु १५ जना घाइते भएका छन् ।
दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए ।
मृतकहरूमा हिमाली गाउँपालिका-५ की ७६ वर्षीया बाचा रोकाया र सोही ठाउँकी ७५ वर्षीया विजौरा रोकाया छन् । दुर्घटनामा १५ जना घाइते भएको र तीमध्ये १२ जनाको अवस्था गम्भीर छ ।
जीपमा २६ जना सवार थिए । क्षमताभन्दा बढी यात्रु रहेकोले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।



सम्वन्धित समाचार
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी
वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यु
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च