साउनकाे पहिलो साेमबारकाे अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ मन्दिरकाे अनुगमन



काठमाडौं । साउनको पहिलो सोमबारको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पशुपतिनाथ मन्दिरको अनुगमन गर्नुभएको छ।

धार्मिक आस्थाको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने साउन महिनाको सोमबार विशेषगरी शिवभक्तहरूका लागि विशेष दिन मानिन्छ, र पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

अनुगमनका क्रममा मन्त्री पाण्डेले पशुपतिनाथ क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायद्वारा भक्तजनका लागि गरिएको व्यवस्थाको स्थलगत अवलोकन गर्नुभएको हो । उहाँले दर्शनार्थीसँग समेत कुराकानी गर्नुभएको छ । दर्शनार्थीहरुले पनि छोटो समयमा सहज र शान्तिपूर्ण रूपमा दर्शन गर्ने वातावरण मिलाइएकोप्रति मन्त्री पाण्डेको प्रशंसा गर्नुभयो ।

“यसपालिको साउनमा पहिलेभन्दा राम्रो व्यवस्था गरिएको छ,” दर्शनार्थी सरु खरेलले भन्नुभयो, “दर्शनका लागि सटल बस, लाइन व्यवस्थापन, सुरक्षालगायत सबै पक्ष व्यवस्थित देखियो, जसले अशक्त तथा जेष्ठ नागरिकलाई सहज भएको छ ।”

यस वर्षको साउनको पहिलो सोमबारको दिन दिउँसो २ बजेसम्म करिब एक लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरिसकेका छन् । भक्तजनको सहज आवागमनका लागि गौशाला र तिलगंगासम्म सटल बस सेवा सञ्चालनमा ल्याइएको छ, जसले पैदल यात्रुहरूलाई राहत दिएको छ ।

अनुगमनका क्रममा मन्त्री पाण्डेले शान्तिपूर्ण तथा अनुशासित रूपमा दर्शन गरिरहेका भक्तजनप्रति आभार प्रकट गर्दै आगामी दिनमा थप प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायहरूलाई सक्रिय रहन निर्देशन समेत दिनुभएको थियो ।

साउन महिनाभरि प्रत्येक सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले सुरक्षा र व्यवस्थापन पक्षलाई अझ चुस्त बनाइने मन्त्रालयले जनाएको छ । यस्तै मन्त्री पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाउनु भएकाहरू सम्झनामा लगाइएको पितृमुक्ति ज्ञान माहायज्ञमा समेत सहभागी हुनु भएको थियो।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.