कैलाली । धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकै आइतबार राति भीषण आगलागी हुँदा आठवटा सटरमा क्षति पुगेको छ। विद्युत् सर्ट भएर सुरु भएको आगलागीले पसलहरूमा ठुलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
राति करिब १०:५० बजे अचानक विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
आगलागीको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाको नेतृत्वमा प्रहरी टोली, सशस्त्र प्रहरी बल नं. ३४ गण कैलाली, धनगढी उपमहानगरपालिकाका दुईवटा तथा गोदावरी नगरपालिकाको एउटा दमकलसहित स्थानीयवासीले संयुक्त प्रयासमा राति १२:१० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।
आगलागीमा हेलेन ट्रेड सप्लायर्स अन्तर्गत रहेका चार सटरभित्रको लुगा, कपडा र अन्य सरसामान जलेर पूर्ण रूपमा नष्ट भएका छन् भने परिवर्तन इन्फेक्स अन्तर्गत तीन सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।
क्षतिको विस्तृत विवरण र आगलागीको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



सम्वन्धित समाचार
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?
देउवाको पोस्टमा बालेनको कमेन्ट: यो पोस्ट कुन भीपीएनबाट हो