बाजुरा : हिमालीमा विपतका घर निर्माण सम्पन गरिसकेका बिपत पिडित परिवारले अझै भुक्तानी पाएका छैनन् । विपदका घर निर्माण सम्पन भएपनी भुक्तानी नभएको उनिहरुले गुनासो गरिहेका छन् । गाँउपालिकाको वडा नम्बर ५ कियुडी गाउँमा ९९ घर र वडा नम्बर ४ को फैतिमा २९ घर गरी १ सय २८ घरपरिवारले विपतका घर निर्माण कार्य सम्पन्न गरेका छन । घर निर्माणकार्य सकिएको भएपनि अहिलेसम्म कुनै किस्ताको पैसा भुक्तानी भएको छैन । घर बनाउने काम अन्तिम अवस्था पुग्दा पनि कियुडी गाउँका ९९ घरपरिवार मध्य ७५ घरले पहिलो किस्ता रकम पाएका छन भने २४ परिवारले पहिलो किस्ता पनि रकम पाएका छैनन् ।
गाउँमा बाढी पहिरो तथा गाउँ चिरा, चिरा बनाउदा बस्ती बिस्तार गर्न अहिले जर गाउँ भन्ने ठाउँमा घर निर्माण गरेका छन् । विपत बाट बनाएका घर निर्माण काम सकिएको भएपनि पाउनु पर्ने रकम नपाउदा पुरै घर निर्माण सामाग्री जस्तापाता, काठ र सिमेन्ट सबै समान उदारो निकालेर पैसा नहुदा समस्या भएको छ । अहिले गाउँ नजिकै बजार कवाडी र धुलाचौर बजारमा जादा समान ल्याएका साहु पैसा माग्ने गरेका छन् । तर आफू संग पैसा नहुदा निकै समस्या भएको स्थानीय जस बहादुर रोकायाले बताएका छ्न्।
विपतका घर निर्माण गरे पनि आधाले पैसा पाएका छन। भने आफुले कुनैपनी किस्ताको रकम नपाएको गुनासो गर्नुभयो । घर बनाउदा जस्तापाता लागि खासै पैसा तिर्न सकेको छैन। सबै समान पसलमा उदारो चलाएको छ। घर बनाउने मिस्त्री ज्याला समेत पनि दिन सकेको छैन। आफ्नो घरमा तिर्ने आय स्रोत केही छैन। अस्ति साउन महिनामा माल,पाखर छोडेर पनि गाउँपालिका हिडेर पनि केही काम भएको छैन। घरमा लालपुर्जा लिएर गएपनी रकम पाउन नसकेको स्थानीय दल बहादुर बुढाले बताएका छन्।
हिमाली गाउँपालिका विपत घरको अन्तिम सर्वेक्षण गरिसकेको छ। पालिकामा रहेका १ सय २८ घर प्राविधिक टिम प्रत्येक घरमा गएर फाइनल हेर्ने काम भैसकेको छ । सोही घरमा सर्वेक्षण गर्न जादा घर निर्माण सम्पन्न गरि नयाँ घरमा बस्ने गरेका छ्न। घर सरकारी मापदण्ड अनुसार बनाए पनि किस्तामा दिने पैसा नपाएको गुनासो प्राविधिक टिमलाई सुनाएका हिमाली गाउँपालिका असिस्टेन्ट सब इन्जिनियर प्रेम बहादुर रावतले बताएका छन् ।
गाउँपालिका बाट प्राविधिक रिपोर्ट सहित कागज पत्र तयारी गरेका छौ। जतिका घरहरू पैसा नपरेको घर छन। तिनीहरु लाई रकम निकास गर्न जिल्ला प्रशासन तथा संघ र प्रदेशमा पहल गर्ने काम भैरहेको छ । अब ढिलोमा असार मसान्तसम्म घरको रकम उपलब्ध गराउने गरि निरन्तर रूपमा लागिपरेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन्।
विपद घर बनिसकेको भएपनि हिमाली गाउँपालिकाले पठाउने कागजपत्र जिल्ला प्रशासन कार्यालयमा आएको छैन। गाउँपालिका जुन व्यहोर्नुपर्ने रकम १० प्रतिशत पाउने पैसा रोखिएको कारणले रकम भुक्तानी भएको छैन। सबै कागज प्रक्रिया पुगे र पालिकाले १० प्रतिशत रकम पठाए भने हामी विपदका घरहरू लाई पाउने रकम दिन तयार भएको जिल्ला प्रशासन बाजुरा प्रशासन शाखा तथा विपद सम्पर्क व्यक्ति नैन रावलले जानकारी दिएका छन् ।



सम्वन्धित समाचार
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो
राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्री कार्कीले चलचित्र विधेयक पेस गर्ने