बागमतीमा सम्पन्न विषयगत शिक्षक तालिम



ललितपुर। रीड नेपालको आयोजना बागमती गाउँपालिकाको समन्वयमा ५ दिने विषयगत तालिम सम्पन्न भएको छ ।

ललितपुरको ब्रजबाराही मा.वि.मा संचालित तालिममा पाठ्यक्रममा आधारित रहेर नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको प्रशिक्षण सुरु गरिएको थियो तालिममा बागमती गाउँपालिकाका १४० जना विषयगत शिक्षकहरुको सहभागिता रहेको थियो।

तालिमको सहजीकरण रीड नेपालका विषय विज्ञ प्रशिक्षक ले गरेको इन्टेनट (INTENT) परियोजना संयोजक ऋषिकेश आचार्यले बताउनु भयो ।

तालिम समापन कार्यक्रम रीड नेपालका अध्यक्ष नीरा शाक्यको अध्यक्षता तथा बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष्य भक्त बाहदुर दर्लामी (निशान) वडा अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।

समापन कार्यक्रममा तालिमका सहभागी हरुक्ले आफ्नो बिचार व्यक्त गरेका थिए जसमा कालीदेवी मा.वि.का प्र.अ. महेश घिमिरेले तालिममा नयाँ-नयाँ शिक्षण विधिहरु सिकेको र सजिलै तरिकाबाट बालबालिकालाई सिकाउन सकिने कुरा गीतको माध्यमबाट व्यक्त गर्नुका साथै तालिममा अनुभव भएको भन्दै सिकेको कुरा व्यवहारमा उतार्ने प्रतिबध्ता व्यक्त गर्दै रीड नेपाललाई धन्यवाद दिए । त्यस्तै सहभागी शिक्षक जानुका तामाङ्ग ले तालिममा महत्त्वपूर्ण कुराहरु सिकेको भन्दै खुसी व्यक्त गर्दै कक्षाकोठा सम्म लाने बताइन।

त्यस्तै वडा अध्यक्ष्य हरुले रीड नेपालद्रारा संचालित  इन्टेनट (INTENT) परियोजना सुरुवात भए पछि गाउँपालिकाको शिक्षामा कर्मिक सुधार हुदै गएको बताए । त्यस्तै कार्यक्रमममा बोल्दै गाउँ पालिका उपाध्यक्ष्य भक्त बाहदुर दर्लामीले तालिम निकै प्रभावकारी रहेको बताए तालिमको दौरानमा आफुलेपनि प्रत्येक विषयको तालिम कक्षामा गएर अवलोकन गरेको बताउदै तालिममा प्रशिक्षक ले मनोरन्जनात्मक र बालमैत्री ढंगले सिकाइ रहेको पाएको बताए ।

पालिका प्रमुख वीर बहादुर लोप्चनले रीड नेपालको कार्यशैलीको प्रसंसा गर्दै निरन्तर रुपमा काम गरीदिन आग्रह गरे रीड नेपालको तालिमलाई सबैले मनपराएको भन्दै तालिमलाई अझ प्रभावकारी बनाउन संयुक्त अनुगमन प्रभावकारी ढंगले गर्ने बताउनु भयो । अध्यक्ष्य लोप्चनले तालिममा सहभागी शिक्षकलाई मिहिनेतका साथ् कक्षा कोठामा प्रस्तुत हुन् आग्रह गर्दै उत्कृस्ट नतिजा ल्याउने विद्यालय तथा विषयगत शिक्षकलाई सम्मान तथा पुरस्कार दिने घोषणा गर्नु भयो ।

कार्यक्रमको समापन गर्दै रीड नेपालका अध्यक्ष नीरा शाक्यले बालबालिकाको मनोभावना अनुसार शिक्षण गरे सिकाइ उपलब्धी सजिलै हासिल हुने भन्दै शिक्षकहरुले प्रतिबद्धता जनाइसकेकोले सोही अनुसार अगाडी बढे पुग्ने बताउनु भयो ।

कार्यक्रममा सहभागी शिक्षक लाई प्रमाणपत्र वितरण तथा प्रशिक्षकहरुरुलाई पुष्पगुच्छा र प्रमाण पत्रबाट सम्मान गरिएको थियो ।

नेदरल्याण्डको Woord en Daad को आर्थिक सहयोगमा रीड नेपालले बागमती गाउँपालिकाका ४ वटा वडाका २५ विद्यालयहरुमा विगत ३ वर्ष देखि शैक्षिक परियोजना संचालन गर्दै आइरहेको छ ।

 

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.