काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न आज एमाले केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ ।
विहिवार दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विषयहरूमा छलफल र निर्णयहरू हुनेछन् ।
आजको बैठकमा विधान संशोधन प्रस्तावका खाकाहरू प्रस्तुत हुने छ । संशोधनको खाका बनाउन यस अघि नै पाटीका उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिइएको थियो । जस अनुसार आजको बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नेछन् ।
आजको बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन,महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुने बताइएको छ ।
आजको बैठकले साउन २ गते बस्ने पार्टी पोलिटव्यूरोको र साउन पाँच गते बस्ने केन्द्रीय कमिटीका कार्यसूची पनि तय गर्ने छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै