काठमाडौं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् ।
उनी नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य हुन् ।
घुस ‘डिल’ को अडिओ काण्डमा मुछिएका यसअघिका मन्त्री राजकुमार गुप्ताको राजीनामा स्वीकृतसँगै राष्ट्रियसभामा एमाले प्रमुख सचेतक रहेकी न्यौपानेलाई नियुक्त गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति निकालेर न्यौपानेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी पाएको जानकारी दिएकी छन् ।
आज बिहान नै यो मन्त्रालयबाट राजकुमार गुप्ताले राजीनामा दिएका थिए । लगत्तै रिक्त मन्त्री पदमा न्यौपाने नियुक्त भएकी हुन् ।
हेर्नुहोस् विज्ञप्ति :



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित