काठमाडौं । भक्तपुर मालपोत कार्यालयका प्रमुख र एक सहयोगी २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यलाई र सहयोगी टीकाराम राउतलाई रंगेहात नियन्त्रणमा लिएको हो ।
जग्गासम्बन्धी कामको सिलसिलामा उनीहरुले घुस मागेको भन्दै परेको उजुरीका आधारमा मंगलबार अख्तियारले मालपोत कार्यालयमा छापा मारेको थियो ।
त्यसक्रममा रकम समेत बरामद भएको अख्तियार स्रोतले बतायो ।
उनीहरूले भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टागरी मोहीको नाममा जग्गाधनी प्रमाणपत्र बनाउन घुस लिएको आरोप छ ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित