काठमाडौं । अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो ।
दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरुको नेपालको ठेगाना खुलेको छैन ।
लुइजियाना राज्य प्रहरीलाई उद्धृत गर्दै स्थानीय समाचार अनुसार १३ जुलाई असार २९ गते शनिवार राति करिब ९ बजे भएको कार दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
प्रहरीका अनुसार कार यादवले चलाइरहेका थिए । सो कारमा ओलीसहित अरु दुई जना पनि थिए । भारी वर्षा भइरहेका बेला सो कार सडकमा चिप्लिएर रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको थियो । प्रहरीका अनुसार यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो ।
कारमा सवार अन्य दुई जना भने घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनासम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा