काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बर्खास्त हुनुपर्ने मन्त्री प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रीपरिषद्का बैठकमा भाग् लिएको भन्दै असन्तुष्ट देखिएका छन्।
सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्ने अनि गठबन्धनका सहयात्री नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएको उनले बताएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस काण्डमा मुछिए पनि कारबाही नभएपछि नेपाली कांग्रेसका नेता शेखर कोइराला असन्तुष्ट देखिएका छन् ।
मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छाडेको प्रमाण जुट्दा बर्खास्त हुनुपर्नेमा उल्टै प्रधानमन्त्रीसँग कुरा गरेर बैठकमा सहभागी हुने भन्दै उनले असन्तुष्टि जनाए ।
उनले भने- यस्तै रहेछ यहाँको चलन: मन्त्री क्वाटरमा बिहानै आएर बिचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रिपरिषद बैठकमा भाग लिन्छन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै