काठमाडौं । घुस ‘डिल’ को अडिओ प्रकरणलाई लिएर भ्रष्टाचार प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पदमुक्त गर्ने तयारी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्ताको घुस प्रकरणमा ‘एक्सन’ लिने तयारी गरेका छन्। मन्त्री गुप्ताले पनि पार्टीको निर्देशन आए छानबिनका लागि मार्गप्रशस्त गर्ने बताएका छन्।
‘पार्टीले छानबिन गरे म तयार छु,’ मन्त्री गुप्ताले भने। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कुराकानीको अडियो, घुसबापत दिइएको नोटमा उल्लेख गरिएको नम्बरसहितको डायरी बुझाइएको छ। आयोगमा उजुरी परेपछि मात्रै अडियो सार्वजनिक गरिएको हो।
केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो ।
मन्त्री गुप्ताको ६ महिनाअघिको घुस प्रकरणको अडियो अहिले सार्वजनिक भएको छ। पुसमा नै यो प्रकरण भए पनि केही दिनअघि मात्र अडियो बाहिर आएको हो। घुस प्रकरणको यो विषयले संघीय संसदमा समेत प्रवेश पाइसकेको छ।
यस विषयमा छानबिन र मन्त्री बर्खास्तीका लागि चौतर्फी दबाब भइरहेको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै