काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन साउन २ सम्म कुर्ने भएको छ । आज बसेको महासंघको बैठकले २ साउनसम्म ऐन जारी नभए आन्दोलनमा जाने योजना बनाएको छ ।
शिक्षक आन्दोलनको मर्म भावना समेट्न सरकार तयार देखिएको छैन’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, ‘१५ असारभित्र ऐन जारी गर्ने प्रतिबद्धता पूरा भएन । शिक्षा समितिको बैठक पनि अनिश्चित भएको छ । फेरि आन्दोलनको विकल्प देखिएन ।’
समितिमा जुन गतिमा टुंगो लगाउनुपर्ने हो त्यो भएन । शिक्षकलाई अड्कलेर दिनुपर्छ भन्नेमा सरकार प्रस्तुत भयो । शिक्षक कर्मचारीलाई फेरि आन्दोलनमा धकेल्न खोजेको महसुस भएको छ । अझै ४–५ दिन खबरदारी गर्छौं’, उनले भनिन् ।
साउन २ गतेसम्म पर्खिन्छौं । सोही दिन नै पत्रकार सम्मेलन गर्छौं । शिक्षक महासंघसँग विगतमा भएको सहमति सरकारले लत्याउँदै गएको छ ।
सरकार र शिक्षक महासंघ बीच १७ वैशाखमा ९ बुँदे सहमतिसँगै १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो । तर, समय सीमा सकिएको पनि १५ दिन भयो । तर, विधेयक समितिमै अड्किएको छ । सरकारले महासंघको मुद्दालाई बेवास्ता गरेको निष्कर्ष महासंघले निकालेको छ ।



सम्वन्धित समाचार
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?
देउवाको पोस्टमा बालेनको कमेन्ट: यो पोस्ट कुन भीपीएनबाट हो