काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन साउन २ सम्म कुर्ने भएको छ । आज बसेको महासंघको बैठकले २ साउनसम्म ऐन जारी नभए आन्दोलनमा जाने योजना बनाएको छ ।
शिक्षक आन्दोलनको मर्म भावना समेट्न सरकार तयार देखिएको छैन’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, ‘१५ असारभित्र ऐन जारी गर्ने प्रतिबद्धता पूरा भएन । शिक्षा समितिको बैठक पनि अनिश्चित भएको छ । फेरि आन्दोलनको विकल्प देखिएन ।’
समितिमा जुन गतिमा टुंगो लगाउनुपर्ने हो त्यो भएन । शिक्षकलाई अड्कलेर दिनुपर्छ भन्नेमा सरकार प्रस्तुत भयो । शिक्षक कर्मचारीलाई फेरि आन्दोलनमा धकेल्न खोजेको महसुस भएको छ । अझै ४–५ दिन खबरदारी गर्छौं’, उनले भनिन् ।
साउन २ गतेसम्म पर्खिन्छौं । सोही दिन नै पत्रकार सम्मेलन गर्छौं । शिक्षक महासंघसँग विगतमा भएको सहमति सरकारले लत्याउँदै गएको छ ।
सरकार र शिक्षक महासंघ बीच १७ वैशाखमा ९ बुँदे सहमतिसँगै १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो । तर, समय सीमा सकिएको पनि १५ दिन भयो । तर, विधेयक समितिमै अड्किएको छ । सरकारले महासंघको मुद्दालाई बेवास्ता गरेको निष्कर्ष महासंघले निकालेको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै