राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा



काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ । झुटा विवरण तयारी कम्प्युटर सामग्री खरिदमा झन्डै १६ करोड भ्रष्टाचार गरेको अभियोगको आधारमा अनुसन्धान गर्दा अनियमिता भेटिएको थियो ।

०७६ माघ १५ भएको ठेक्का सम्झौतामा उच्च गति कम्प्युटिङ उपकरण खरिद गर्ने व्यहोरा राखेर कमसल गुणस्तरको उपकरण खरिद गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा अनियमिता भेटिएको अख्तियारको ठहर छ ।

केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निम बहादुर वलीसहित ठेक्का पाएको वर्ल्ड डिस्ट्रिव्युसन नेपाल प्रालि, कान्तिपथ र कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेषमा मुद्दा दायर गरेको हो ।

आव ०७६/७७ मा उच्च कम्प्युटिङ पूर्वाधारको आपूर्ति, ढुवानी, जडान तथा परीक्षण सञ्चालनका लागि भन्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट भएको ठेक्का सम्झौतामा १५ करोड ८८ लाख ५० हजार भ्रष्टाचार भएको ठहर गर्दै सोही बराबरको बिगो कायम गरेर तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ६ जनालाई भ्रष्टचार निवारण ऐन २०५९ अनुसार कारबाही गर्न अख्तियारको माग छ ।

अख्तियारले शुक्रबार विशेष अदालतमा दायर गरेको मुद्दामा भनिएको छ, ‘बोलपत्र दस्तावेज मा उल्लेख भएअनुसार प्रत्येक स्टोरेज कन्ट्रोलरमा २.४ गिगाहर्ज कार्यक्षमताको २४ कोर प्रोसेसर जडान गर्नुपर्नेमा ओराकल जेडएफएस स्टोरेस अप्लायन्स जेडएस–२ कन्ट्रोलरमा २.१ गिगाहर्जको प्रोसेसर मात्र राखिएको पाइएको छ ।’

प्राविधिकरुपमा २.४ गिगाहर्जको प्रोसेसरको प्रति सेकेन्ड ३०० मिलियन बढी निर्देशन प्रक्रिया (कम्प्युटिङ) गर्न सक्छ । जुन २.१ गिगाहर्ज कार्यक्षमताको प्रोसेसरको तुलनामा १४.२८ प्रतिशत बढी हुनेहुँदा खरिद सम्झौतामा गुणस्तरीय कम्प्युटर उपकरण देखाएर कमसल सामग्री जडान गरिएको पाइएको अख्तियारले जनाएको छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.