थुलुङ दुधकोसीद्वारा रीड नेपाललाई सम्मान



सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा करिब दुईदशक भन्दा बढी समय देखि  शैक्षिक गुणस्तर सुधारमा कामगर्दै आएको गैर सरकारी संस्था ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रीड नेपाललाई सम्मान गरिएको छ ।

थुलुङ दुधकोशी स्थानीय  सरकारले सामुदायिक विद्यालय सुधारका लागि अंगिकार गरेको सामाजिक परिवर्तनको मेरुदण्ड शिक्षा हो, भन्ने मान्यताअनुरुप पालिकाको शैक्षिक विकासका लागि सदैव अग्रसर रहदै  उल्लेखनीय योगदान गरेको भन्दै रीड नेपाललाई संम्मान गरेको हो ।

पालिकाको शैक्षिक उन्नयनका लागि रीड नेपालले शैक्षिक  पूर्वाधार विकास, बालबालिकाको सिकाइ उपलब्धि वृद्धिका लागि शिक्षकको पेशागत विकास तथा क्षमता अभिवृद्धि शिक्षक तालिम, शैक्षिक सामग्री वितरण, वि व्य स तथा शिक्षक अभिवाक संघलाई क्षमता अभिवृद्धि तालिम, प्र.अ. हरुलाई सु-शासन तथा नेतृत्त्व विकास तालिम अभिभावक हरुलाई अभिमुखीकरण , बालक्लव परिचालन तथा आर्थिक सहयोग र अभिमुखिकरण तालिम, आर्थिक स्थिति कम्जोर तथा अपांगता भएका बालबालिकालाई छात्रवृत्ति प्रदान, पालिकाको शिक्षा क्षेत्र योजना निर्माण, श्वेत पत्र घोषणा जस्ता महत्त्वपूर्ण कुरामा विशेष योगदान दिदै पालिकाको समावेशी तथा गुणस्तरीय शिक्षामा अतुलनीय योगदान पुर्याएको भन्दै, उच्च प्रसंसा सहित पालिका प्रमुख असिम राईले कदर पत्रसहित सम्मान गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले जानकारी दिनु भयो ।

पालिकाले यस वर्ष उत्कृष्ट शैक्षिक प्रगति गर्ने र योगदान पुर्याउने विभिन्न संघसंस्था ,विद्यालय, वि व्य स ,प्रअ र उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई एक भव्य कार्यक्रम गरी सम्मान गरेको थियो ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.