काठमाडौं । काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा बसेको कोइराला पक्षको बैठकले नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेताहरूमाथि गरेको कारबाही विधिसम्मत नभएको निष्कर्ष निकालेको छ ।
विहीबार बसेको कोइराला पक्षको बैठकले अनुशासन समितिले नै अनुशासन उल्लङ्घन गरेको आरोप पनि लगाएको छ ।
बैठकमा सहभागी नेताका अनुसार पार्टी विधानले उजुरी परेको ६ महिनाभित्र कारबाही गरिसक्नुपर्नेमा सो अनुसार नभएको बताए ।
एमालेले आफ्नो पार्टीमा गरिरहेको कारबाहीको स्वरूप नै नेपाली कांग्रेसमा देखिएको भन्दै गठबन्धनका उम्मेदवारलाई हराएको आधारमा कारबाही गरिएको बनिष्कर्ष छ ।
आसन्न निर्वाचन वा मध्यवधि हुने अवस्थामा गठबन्धन भए उम्मेदवार पराजित हुने डरले यस्तो भएको हुनसक्ने बताइएको छ ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित